आज: २०८३ जेष्ठ ३, आईतबार | Sun, 17, May, 2026

दलीय गतिविधिमा संलग्न मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्री कार्कीको आग्रह

२०८२ पौष २२, मंगलबार मा प्रकाशित ( ४ महिना अघि) २३५७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२२ पुस ।

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आबद्ध भएका मन्त्रीहरूलाई पदबाट राजीनामा दिन आग्रह गर्नु भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले अनौपचारिक रुपमा छलफल गर्नु हुंदै सरकारको गैरदलीय चरित्रमाथि प्रश्न उठ्न थालेकोले दलीय गतिविधिमा खुला रूपमा संलग्न भइसकेका मन्त्रीहरूले राजीनामा दिएर सरकारलाई सहयोग गर्न आग्रह गर्नु भएको हो

बैठकमा सहभागी स्रोतका अनुुसार प्रधानमन्त्री कार्कीले “सरकार गैरदलीय भएको अवस्थामा मन्त्रीहरू दलीय राजनीतिक गतिविधिमा संलग्न हुँदा सरकारको निष्पक्षतामाथि नै प्रश्न उठेकोले”यस्तो संवेदनशीलतालाई बुझ्न आग्रह गर्नु भएको हो । प्रम कार्कीले यो औपचारिक निर्णय नभई राजनीतिक नैतिकताको विषय भएको स्पष्ट पार्नु भयो।

हाल आएर सार्वजनिक रुपमै ऊर्जामन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)निकट र पार्टीको गतिविधिमा संलग्न भएकाले सार्वजनिक आलोचना भएको अवस्था छ।

यसका साथै, सञ्चारमन्त्री जगदीश खरेल पनि आगामी निर्वाचन लड्ने चाहना व्यक्त गर्दै रास्वपाका नेता रवि लामिछाने,काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री घिसिङबीचको सम्भावित सहकार्यप्रति सकारात्मक धारणा राख्दै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस