आज: २०८२ पौष २६, शनिबार | Sat, 10, Jan, 2026

जेनजी अभियान्ता सुदन गुरुङको गोरखा(१ बाट चुनाव लड्ने घोषणा

२०८२ पौष २५, शुक्रबार मा प्रकाशित ( १ दिन अघि) ३७३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

गोरखा -२५ पुस ।

भदौ २३ र २४ को ऐतिहासिक आन्दोलनबाट उदायका जेनजी अभियन्ता सुदन गुरुङले गोरखाबाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेका छन् ।

शुक्रवार गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी फागुन २१ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।
गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन औपचारिक घोषणा गर्न चाहन्छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनको गृह जिल्ला गोरखा हो । ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात गर्ने ’, उनको भनाई छ, । ‘नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।’ पछिल्लो समय रास्वपासँग झुकाव राखेका गुरुङले कुन पार्टीबाट चुनाव लड्ने त्थो भने खुलाएका छैनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस