आज: २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026

झापा–५ मा ओली र बालेन भिडन्तको संकेत माघ पहिलो साता बालेनको राजीनामा

२०८२ पौष २९, मंगलबार मा प्रकाशित ( १ महिना अघि) ९६२ पटक पढिएको
नारी बाटिका


स्रोत ; नारी वाटिका रिपोर्टर, काठमाडौं

धादिङ -२९ पुस । बिबियु

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मेयर पदबाट राजीनामा दिने भएका छन् ।

मेयर बालेन साह आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा चुनाव लड्ने भएकाले मेयर पदबाट राजीनामा दिन लागेका हुन् । बालेन आगमी फागुन २१ को निर्वाचनमा रास्वपाबाट झापामा चुनाव लड्दै छन् । उनले यसअघि स्वतन्त्रबाट काठमाडौं महानगरपालिकाबाट राम्रो मतले मेयरमा निर्वाचित भएका बालेनले आफ्नो पछिल्लो राजनीतिक यात्रा राष्ट्रीय स्वतन्त्र पार्टीमा प्रवेश गरेर अघि बढाएका हुन् ।

त्यसका लागी उनले आउँदो माघको पहिलो साताभित्र मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका हुन् । कामपा स्रोतका अनुसार सकेसम्म उनले माघ ४ गतेसम्म राजीनामा दिने तयारी रहेको जनाएको छ । यदपि मेयर साहले आगमी निर्वाचन काठमाडौ वा झापाको कुनै एक निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने निधो भने गर्न बाँकी नै रहेको बताइएको छ ।

‘मेयर बालेनले राजीनामा दिने निश्चित भएपछि माघ २ गते हुने राष्ट्रीय भूकम्प सुरक्षा दिवसमा उनले सहभागिता नजनाउने –स्रोतको भनाइ छ । साहको नेतृत्वमा रहेको मेयरको टिमले कामपा छाड्ने भएपछि सचिवालयले प्रयोग गरेका सबै सामग्री फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ ।

–कामपा स्रोतले भन्यो । ‘मेयर साबले केही लग्नु भएको छैन होला, लगेका भए सबैले सबै सामग्री फिर्ता गर्नैपर्छ’ सोही आधारमा सचिवालयले जिन्सी शाखाबाट सचिवालयका सदस्यले प्रयोग गरेका सामग्रीको लिस्ट मागिसकेको छ । लिस्टको आधारमा फिर्ता गर्ने सबै सामग्रीहरु तयारी अवस्थामा छ ।

उता, महानगर छाड्ने भएपछि विभागीय जिम्मा लिएका सचिवालय सदस्यले विभिन्न विभागमा पुगेका फाइल स्वीकृत गर्न दबाब दिएको पाइएको छ । स्रोतका अनुसार धेरैजसो सम्पदा, वातावरण, सहरी विकास, सार्वजनिक निर्माण विभागको फाइल स्वीकृत गर्न दबाब दिइरहेका छन् ।

सम्भवतः माघ पहिलो साताबाट आचारसंहिता लागू हुने भएपछि त्यसअघि नै फाइल स्वीकृत गर्नुपर्र्ने दबाबमा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी छन् । मेयर सचिवालयबाट फाइल स्वीकृत गर्न दबाब दिने निश्चित भएपछि कर्मचारी सशंकित बनेको अवस्था छ ।

बालेनका शुभचिन्तकहरुले काठमाडौं महानगरको मेयरको बलियो हैसियत बनाएका काठमाडौंबाटै चुनावमा उठ्न सचेत गराएका छन् । केपी ओलीको निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन तिब्र प्रतीक्षामा रहेका मेयर साहले आइतबार ललितपुरको ज्वागलस्थित कार्यालयमा झापाका अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग भेटवार्ता गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस