आज: २०८२ माघ ६, मंगलबार | Tue, 20, Jan, 2026

चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै

२०८२ पौष २९, मंगलबार मा प्रकाशित ( ६ दिन अघि) ७४५ पटक पढिएको
नारी बाटिका


नारी  वाटिका संवाददाता

काठमाडौ २९ पुस ।

नेपालमा भू–राजनीतिक खेल तीव्र भएकाबेला चिनियाँ उच्चस्तरीय टोली नेपाल आउने भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्रास्ट्रिय विभाग अन्तरर्गत नेपाल मामिला प्रमुख झेङ युया नेतृत्वको तीन सदस्यीय टोली नेपाल आउन लागेको हो । प्रतिनिधिमन्डल ३ दिने भ्रमणको लागि आगामी हप्ता नेपाल आउन लागेको हो ।

नेपालको राजनीतिक अवस्था तरल र जटिल मोडमा रहेको वेला हुन लागेको यो उच्चस्तरीय भ्रमणलाई महत्वकासाथ हेरिएको छ । जेनजी विद्रोहपछि नेपालमा पश्चिमा शक्तिको प्रभाव बढेको चीनको बुझाइ छ ।

चीनले नेपालका हरेक राजनीतिक दलहरुसँग समान व्यवहार गर्न चाहेको बताउँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस