
नारी बाटिका
नारी वाटिका रिपोर्टर, काठमाडौं
धादिङ २९ पुस । संवाददाता बिबियु
आज विहान पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ।
काँग्रेसको पार्टीभित्र भएको पछिल्लो समयको किचलोको कारण यतिबेला पार्टी फुटको संघारमा पुगेको छ । पार्टीका गुटका नेताहरुको सहमतिको लागी छmफल चलिरहेको अवस्था छ । सहमति र वार्ताका माध्यमबाट पार्टी जोगाउनका लागी बुधबार केन्द्रीय कार्यसमितिको बैठक बैठक बस्न लागिएको हो ।
बैठक अहिले बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने छ।
पार्टीका मुख्यसचिव पौडेलका अनुसार आइतबार ११ बजे बोलाइएको बैठक सोही दिन दिउँसो १ बजेका लागि सारिएको छ । तर पार्टीभित्र विशेष महाधिवेशनको विषयमा चरम विवाद रहेका कारण केही छलफल र तयारी गर्न आवश्यक रहेकोले आजैका लागि बैठक बोलाइएको हो ।








प्रतिक्रिया दिनुहोस