आज: २०८३ भाद्र ३, बुधबार | Wed, 19, Aug, 2026

आयोगबाट वैधानिकता पाएसंगै नव निर्वार्चित कांग्रेसद्वारा १३ सदस्यीय संसदीय बोर्ड गठन

२०८२ माघ ३, शनिबार मा प्रकाशित ( ७ महिना अघि) ४६२० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -३ माघ । बिबियु

निर्वाचन आयोगबाट वैधानिकता पाएसंगै नव निर्वार्चित गगन थापाको नयाँ नेतृत्व कांग्रेसद्वारा १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । कांग्रेसले आसन्न फागुन २१ को निर्वाचनका लागि टिकट बाँडफाँट गर्न १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो ।

नव निर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा गठित बोर्डमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत सदस्यहरू रहने व्यवस्था गर्न लागिएको हो।

यस्तै नव निर्वाचित केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले बोर्ड गठन गर्ने निर्णय गर्नुका साथै २१ फागुनमा हुने निर्वाचनलाई केन्द्रमा राखेर छलफल गरिएको जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस