
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -५ माघ । बिबियु
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउँदैछन्।
सोनाम ल्होसार्र पर्वलाई तामाङ समुदायले २८६२औँ वर्षको सुरुवातको रूपमा मनाउँने गर्दछन् भने यसमा १२ वर्षको चक्र हुन्छ।
नेपालसहित विभिन्न देशहरूमा यो परम्परा रहेको पाईन्छ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्वको रुपमा
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ भने आजैदेखि सर्प वर्ष समाप्त भइ घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ) सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
त्यस्तै यस सोनाम ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धान कर्ताहरु बताउँछन् । तामाङ जातिको बाहुल्यता रहेको धादिङसहित वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । यसै पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ ।
यसैगरी नेपाल तामाङ घेदुङले यसै पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरेको छ । करिब चार हजार ७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुर लगायतका देशहरूमा पनि मनाउने गरिन्छ ।








प्रतिक्रिया दिनुहोस