
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -५ माघ । बिबियु
आगमी महिना फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि गएराति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेद्वारी मनोनयन दर्ताको एक दिनअघि आयोगले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । माघ ६ गते (भोली)प्रत्यक्षतर्फ मनोनयन दर्ताको तय गरिएको छ ।
निर्वाचन आचारसंहिता लागु भएसंगै चुनावी प्रचारप्रसार, उम्मेदवारको गतिविधि, सरकारले गर्ने नियुक्ति र सञ्चारमाध्यमहरूले प्रकाशन गर्ने समाचारहरूको अनुगमन गर्नेछ ।
साथै निर्वाचन आचारसंहिताले कुनै पनि उम्मेदवारबाट सरकारी स्रोत–साधनाको दुरुपयोग भए नभएको,,सामाजिक सञ्जाल दुरुपयोगमा पनि रोक लगाइएको छ । त्यस्तै, गलत, भ्रामक सूचना,समचार द्वेषपूर्ण अभिव्यक्ति वा एआई दुरुपयोग गरी प्रचारप्रसार गर्न रोक लगाइएको छ ।
आचारसंहिताले निर्वाचन हुनु भन्दा ४८ घन्टा अगावै मौन अवधि तोकेको छ । राजनीतिक दलले टिभी र रेडियोमा बढीमा दिनको चारपटक विज्ञापन गर्न पाउनेछन् । एउटा विज्ञापन बढीमा एक मिनेट लामो हुनुपर्नेछ । विज्ञापन बजाउँदा एक घण्टाको अन्तरमा बजाउनु पर्नेछ । सञ्चार माध्यमले सशुल्क विज्ञापन भएको खुलाउनु पर्नेछ ।
यसैगरी दलहरूले निर्वाचन प्रचारप्रसार बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्र गर्न पाउनेछन् । जुलुस गर्दा सडकको एकतिहाइ भागमात्र ओगट्न पाइनेछ । प्रहरीलाई २४ घण्टाअगावै निर्वाचन क्रममा गरिने आमसभा र भेलाको जानकारी गराई सनु पर्छ । राजनीतिक दलहरूलाई सार्वजनिक स्थानमा झण्डा, चुनाव चिह्न टाँस्न र तोकिएको आकारभन्दा ठूलो सामग्री प्रयोग गर्न नपाउने व्यवस्था छ ।
साथै यस मौन अवधिमा सरकारका मन्त्री तथा स्थानीय कार्यपालिकाहरूले कुनै योजनाको शिलान्यास वा उद्घाटन गर्न पाउने छैनन् । नयाँ पद सिर्जना वा पदपूर्ति गर्न पाउने छैनन् । यदी यस्तो कार्य भएमा आयोगले निर्वाचन आचारसंहिता उल्लघंन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्छ । साथै, एक लाख रुपियाँसम्म जरिवना गर्न सक्ने कानुनी व्यवस्था छ ।







प्रतिक्रिया दिनुहोस