
नारी बाटिका
धादिङ ७ माघ । बिबियु
धादिङ जिल्लमा ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङको दुई वटा निर्वाचन क्षेत्रबाट उत्साहजनक रुपमा ४८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली काँग्रेसको तर्फबाट क्षेत्र न.ं १ बाट कृष्ण रिजाल, क्षेत्र नम्बर २ बाट रमेश धमलाले मनोनयन दर्ता गराएका छन् भने नेकपा एमालेले क्षेत्र नम्बर १ बाट भूमि त्रिपाठी र क्षेत्र नं. २ बाट धनबहादुर घले चुनावी मैदानमा उत्रिएका छन् ।
यसैगरी नेपाली कम्यूनिष्ट पार्टीको तर्फबाट क्षेत्र नं. १ मा पुराना नेता राजेन्द्र प्रसाद पाण्डे र क्षेत्र नं. २ बाट पहिलो पटक रामबहादुर भण्डारीले मनोनयन दर्ता गराउनु भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै राष्ट्रीय स्वतन्त्र पार्टी(रास्वपा)बाट क्षेत्र नं. १ मा सामाजिक संन्जालबाट उदाएकी आशिका तामाङ र क्षेत्र नं. २ मा विभिन्न वैदेशिक परियोजनामा निकै लामो समयदेखी काम गर्दै आएका बोधनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको हो।
राप्रपाको तर्फबाट क्षेत्र नं. १ मा गिताप्रसाद आचार्य, क्षेत्र नं. १ मा सुरेश रिजाल, श्रम संस्कृति पार्टीको तर्फबाट क्षेत्र नं. १ मा प्रलाद सिलवाल, क्षेत्र न.ं २ बाट टासी लामा तामाङ लगायत प्रलोपा, संयुक्त नागरिक पार्टी,नेपाल कम्यूनिष्ट पार्टी माओवादीले उम्मेदवारी दर्ता गराएका छन् ।
साथै स्वतन्त्र रुपमा उम्मेद्वारी दिने समेत गरी ४८ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् । तर मनोनयन दर्ताका क्रममा २५भन्दा बढीको सहभागी हुन नपाइने भनी उल्लेख भएपनि अधिकांश राजनीतिक दलहरुले आचारसंहिताको पालना गरेको देखिएन ।







प्रतिक्रिया दिनुहोस