आज: २०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

राष्ट्रियसभामा कांग्रेस–एमालेका गठवन्धनका सबै उम्मेदवार विजयी

२०८२ माघ १२, सोमबार मा प्रकाशित ( ८ महिना अघि) ४७१३ पटक पढिएको
नारी बाटिका


बिबियु , नारी वाटिका संवाददाता

धादिङ १२ माघ । बिबियु

२०८२ माघ ११ गते आइतबार सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस–एमाले गठवन्धनका सबै उम्मेदवार विजयी भएका छन् । यस निर्वाचनमा देशभरबाट १८ जना सदस्य निर्वाचित भएका हुन्।

नेपाली कांग्रेसका पुर्व सभापति शेरवहादुर र नेकपा एमालेका केपी शर्मा वलीबीच पहिले नै चुनावी तालमेल भए अनुसार नै सदस्यहरु राष्ट्रियसभामा निर्वाचित भएका हुन्। जस अनुसार नेपाली कांग्रेसका ९ सिट पाएर वहुमत पाएको छ भने नेकपा एमालेका ८ जना र लोसपाका एक जना उम्मेदवार राष्ट्रियसभा सदस्यमा विजयी भएका छन्।

देशभरबाट १८ सिटमा निर्वाचन हुनु पर्नेमा कोशी प्रदेशका एक जना खुल्ला सदस्यमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा मतदानअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।

मधेश प्रदेश,वागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश,सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशका राजधानीमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशमा भएको मतदानमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

नवनिर्वाचित सदस्यहरूको कार्यकाल आगामी फागुन २१ गतेदेखि सुरु हुनेछ। उनीहरुको कार्यकाल ६ वर्षको हुने संविधानिक व्यवस्था छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑