आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

आज भने सुनको भाउ करिब २० हजारले घट्यो

२०८२ माघ १६, शुक्रबार मा प्रकाशित ( १ दिन अघि) ९०० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१६ माघ ।

पछिल्लो समय धपक्कै बलेको सुनको भाउ आज भने करिब २० हजारले घटेको छ । नेपाली बजारम आज सुनचाँदीको मूल्य घटेको हो । बिहीबारको तुलनामा आज रु २० हजार घटेर उपभोक्ताहरुलाई राहत नमिलेता पनि आगमी दिनमा घट्दै जाने आशा पलाएको छ ।

आज मुल्य घटेर छापावाल सुनको तोलामा तीन लाख १८ हजार ८०० र चाँदीको मुल्य तोलामा सात हजार ६५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा तीन लाख ३९ हजार ३०० र चाँदीको मुल्य रु सात हजार ५०५ भएको थियो। गत बुधबारसम्म छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र चाँदीको मुल्य तोलामा सात हजार ३०० थियो। केही

केही दिनदेखी अन्तरराष्ट्रिय बजारदेखी नेपाली बजारसम्म सुनको भाउ आकाशीँदै गईरहेको अवस्थामा आज केही घटेको हो । सोही अनुसार अन्तरराष्ट्रिय बजारमा एक औँस सुनको पाँच हजार ५३७ र त्यति नै परिमाणको सेतो धातु ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस