
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१६ माघ ।
पछिल्लो समय धपक्कै बलेको सुनको भाउ आज भने करिब २० हजारले घटेको छ । नेपाली बजारम आज सुनचाँदीको मूल्य घटेको हो । बिहीबारको तुलनामा आज रु २० हजार घटेर उपभोक्ताहरुलाई राहत नमिलेता पनि आगमी दिनमा घट्दै जाने आशा पलाएको छ ।
आज मुल्य घटेर छापावाल सुनको तोलामा तीन लाख १८ हजार ८०० र चाँदीको मुल्य तोलामा सात हजार ६५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा तीन लाख ३९ हजार ३०० र चाँदीको मुल्य रु सात हजार ५०५ भएको थियो। गत बुधबारसम्म छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र चाँदीको मुल्य तोलामा सात हजार ३०० थियो। केही
केही दिनदेखी अन्तरराष्ट्रिय बजारदेखी नेपाली बजारसम्म सुनको भाउ आकाशीँदै गईरहेको अवस्थामा आज केही घटेको हो । सोही अनुसार अन्तरराष्ट्रिय बजारमा एक औँस सुनको पाँच हजार ५३७ र त्यति नै परिमाणको सेतो धातु ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।








प्रतिक्रिया दिनुहोस