आज: २०८२ चैत्र २७, शुक्रबार | Fri, 10, Apr, 2026

आर्थिक अपचलन गरेको भन्दै नेता शमशेर राणाले रास्वपा त्यागे

२०८२ माघ २९, बिहिबार मा प्रकाशित ( १ महिना अघि) २९१५ पटक पढिएको
नारी बाटिका


काठमाडौं २९ माघ ।

रास्वपाका नेता प्रणय शमशेर राणाले पार्टी परित्याग गरेका छन् । नेता राणाले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री (कबिन्द्र बुर्लाकोटी)लाई एक पत्र पठाउँदै आफुले रास्वपा पार्टी सदस्यताबाट राजीनामा दिएका हुन्।

उनले पार्र्टीभित्र सबै बेथितिका बावजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु,’ राणाले राजीनामा पत्रमा लेखेका छन्।

वरिष्ठ नेता राणाले आन्तरिक अभ्यास सही ढंग नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास आफूले गर्न नसक्ने र अन्धभक्ति गर्न पनि नचाहेको पत्रमा उल्लेख गर्नु भएको छ ।

रास्वपाभित्र प्राइमरी चुनावमा ५० प्रतिशत चलखेल हुने गरेको र अहिले आएर विशेष परिस्थितिको नाममा संगठनको आफ्नो नेतृत्व छान्ने अधिकार पनि लुटिएको राजीनामा पत्रमा उल्लेख गरेका छन्, ‘।

त्यस्तै १००० सदस्यता शुल्कबाट ३०० पालिकामा आउने भनेको कहिले आएन, प्राइमरीका प्रक्रियामात्र नभई त्यसका लागि भनी उठाइएको ठूलो रकममा पनि आर्थिक अपारदर्शिता र अपचलन देखिएको पनि बताएका छन् ।

पार्टी स्थापना कालमा गरिएको रास्वपाको वाचा ‘बेथितिको अन्त्य थितिको थालनी’ ठीक उल्टो भएर ‘थितिको अन्त्य–बेथितिको थालनी’ हुन पुगेको उहाँले लेख्नु भएको छ । साथ साथै केन्द्रमा बसेका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूसमेत सोही बेथितिको साझेदार भएको स्पष्ट पार्नु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस