आज: २०८२ फागुन ६, बुधबार | Wed, 18, Feb, 2026

कक्षा १२ को परीक्षा आगमी वैशाख १४ गतेदेखि २७ सम्म हुने

२०८२ फागुन ६, बुधबार मा प्रकाशित ( ३ घण्टा अघि) ८३८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -६ फागुन

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा आगमी वैशाख १४ गतेदेखी गर्ने भएको छ।

बोर्डले मंगलबार एक सुचना प्रकाशित गर्दै परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

आगमी २०८३ साल वैशाख १४ गतेदेखी हुने परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको नयाँ र पुरानो तथा ग्रेड वृद्धिको परीक्षा हुने बोर्डले जनाएको छ।

साथै सोही दिन नयाँ कोर्सको संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक संस्कृत रचनाको पनि परीक्षा हुने बोर्डदवारा प्रकाशित कार्यतालिकामा उल्लेख गरेकामे छ।

परिक्षा वैशाख २७ सम्म हुनेछ भने उक्त परीक्षाको समयमा अनुपस्थित हुने परीक्षार्थीका लागि बोर्डले पुनः अर्को परीक्षाको व्यवस्था नगरिने जनाएको छ। परीक्षाको तालिकाभित्र कुनै आकस्मिक बिदा परेमा परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित नगरिने पनि स्पष्ट पारेको छ।

कक्षा १२ मा नियमित तर्फ यसवर्षमा तीन लाख ६० हजार परीक्षार्थी सहभागी हुने छन्। गत वर्ष कक्षा १२ को परिक्षामा नियमित तर्फ तीन लाख ९६ हजार ३४७ र आंशिक तर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

तर गतवर्ष भने वैशाख २१ गतेदेखि कक्षा १२ को परीक्षा सुरु भई जेठ २ गते सम्पन्न भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस