
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२१ फागुन ।
आज भएको प्रतिनिधिसभा निर्वाचनमा छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको छ। 
यस निर्वाचनमा संन्चारकर्मीहरु,परिवेक्षकहरु तथा विभिन्न कोणबाट गरिएको प्रारम्भिक अनुगमनपछि बिहीवार साँझ समग्र यसको आँकलन गर्दै उचित सुरक्षा व्यवस्था, मतदान केन्द्रको व्यवस्थापन तथा निर्वाचन व्यवस्थापन र मतदाताको व्यवहारमा विगतको तुलनामा सुधार आएको पाइएको हो।
विशेष कारणवश निधाृरित समयभन्दा २ वर्ष अगावै गर्नु परेको यस निर्वाचनमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सबै वर्ग तथा समुदायका मतदाताहरूको उत्साहपुर्वक मतदानमा सहभागिता रहेको देखिएको छ। 
विगतका निर्वाचनहरूको तुलनामा यस पटक राजनीतिक दल, उम्मेदवार र मतदाताहरूको व्यवहार बढी संयमित,सहयोगी र कार्यकर्ता हरुमा पनि त्यति उछिङकल व्यवहार नभई शान्त व्यवहार पाइएको छ। त्यस्तै मतदान केन्द्रहरूमा कर्मचारी र दलका प्रतिनिधिहरूबीच पनि सौहार्दपूर्ण वातावरण रहेको देखियो । 
सरकारले निर्वाचन सुरक्षामा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,निर्वाचन प्रहरी,अनुसन्धान साधा पोशाकका प्रहरी लगायतका देशभरका पालिकाका मतदानस्थल मतदान केन्द्रमा परिचालन भएका थिए । अझै यस निर्वाचनमा पत्रकार तथा संन्चार गृह्रहरूले पनि बिना खर्च चुनावी विज्ञापनहरु प्रशारण गरेर सकारात्मक र सहयोगपुर्ण रुपमा राज्यलाई निकै सघाएका छन् । 
आज सम्मपन्न भएका देशभरका अधिकांश मतदान केन्द्रहरू तोकिएको समय बिहान ७ बजेदेखि नै सञ्चालनमा आएका थिए भने छिटफुट घटना बाहेक समग्र रुपमा शान्तिपूर्ण र निकै व्यवस्थित रुपमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्पन्न भएको विश्लेषण गरिएको छ । 








प्रतिक्रिया दिनुहोस