आज: २०८२ फागुन २६, मंगलबार | Tue, 10, Mar, 2026

प्रतिनिधिसभा निर्वाचनमा ६ दलले ३ प्रतिशत थ्रेसहोल्ड कटाए

२०८२ फागुन २६, मंगलबार मा प्रकाशित ( ३ घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२६ फागुन ।

प्रतिनिधिसभा सदस्यको लागी २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ हालसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो, नेपाली काँग्रेस दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा छन् । रास्वपाले ५० लाख ११ हजार ८ सय ९१ मत प्राप्त गरी पहिलो स्थानमा रहन सफल भएको हो।

निर्वाचन आयोगका अनुसार अहिेले १२ बजेसम्मको एक करोड ४ लाख ३८ हजार ५ सय ७० मत गणना हुँदा रास्वपा अग्रस्थानमा रहेको हो।

यस्तै नेपाली कांग्रेसले १६ लाख ९४ हजार ५ सय ८४, नेकपा एमालेले १४ लाख १२ हजार ८ सय ५३, नेकपा ले ७ लाख ६७ हजार ९ सय ९९, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४ सय ६७ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ले ३ लाख २५ हजार ३ सय २४ मत प्राप्त गरेका हुन्।

हालको मत परिणाम अनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका छन्। प्रतिनिधिसभा निर्वाचनमा करिब १ करोड १० लाख मत खसेको थियो। निर्वाचन आयोगले मंगलबार बेलुकासम्म समानुपातिकतर्फको सम्पूर्ण मतगणना सम्पन्न हुने जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस