
धनगढी -५ चैत ।
कैलालीको गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा एक दम्पतीमाथि अज्ञात व्यक्तिले गोली प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।
गोली प्रहारबाट २८ वर्षीया श्रीमती संजिता मगरको मृत्यु भएको छ भने ३१ वर्षीय श्रीमान रामबहादुर मगर गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार दुबै दम्पती एकैसाथ जंगलमा बाख्रा चराउन गएको समयमा उनीहरुमाथी आक्रमण भएको प्रारम्भिक जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस