आज: २०८२ चैत्र ६, शुक्रबार | Fri, 20, Mar, 2026

बालेन शाहले प्रधानमन्त्रीको शपथ १३ गते लिने

२०८२ चैत्र ६, शुक्रबार मा प्रकाशित ( २ घण्टा अघि) ६५२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -६ चैत ।

रास्वपाका शीर्षनेताको बिहीबार साँझ भएको छलफलबाट चैत १३ मा बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने तयारी गर्ने लागिएको छ। रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह र उपसभापतिद्वयबिचमा छलफल भएको थियो।

त्यस्तै संघीय संसद् सचिवालयले नवननिर्वाचित सांसदको बिहीबार अपराह्न शपथ ग्रहण गराउने तय गरेको भएपनि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलसँगको छलफलपछि चैत १२ गते दिउँसो २ बजेको लागी निर्वाचित सांसदको शपथ ग्रहण हुने भएको छ।

सांसदले शपथ लिएपछी मात्रै त्यसको भोलिपल्ट प्रधानमन्त्री बालेन शाहको शपथ लिने तयारी गरिएको जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस