
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -८ चैत ।
सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट अत्याधिक मत ल्याएर विजयी भएका नेता बालेनले तान्त्रिकको सल्लाहमा प्रधानमन्त्रीको शपथ लिने भएका छन् । रास्वपाको तर्फबाट झापा ५बाट एमाले अध्यक्ष केपी शर्मा वलीलाई भारी मतान्तरले पराजय गराएर आफु रास्वपाको पार्टीमा होमिएका नेता बालेनले हेराउने झाँक्री तथा तान्त्रिकको सल्लाह अनुसार नयाँ सरकारको नेतृत्व गर्न लाग्नु भएको हो ।
अबकी बार बालेन सरकार भन्ने नारा लिएर राजनितिकमा चमत्कारी रुपमा उदाएका नेता बालेनले देशको प्रधानमन्त्री भई सरकारको नेतृत्व गरेपछी जनताको आशा र अपेक्षा अनुसार मुलुकमा के कस्तो काम गर्न सक्छन् त्थो भने आउने समयले बताउला……………
बालेनले हेरेको साइतमा तान्त्रिकका अनुसार चैत्र १३ गते चैते दशैंको भोलिपल्ट (रामनवमी)का दिन प्रधानमन्त्रीको सपथ लिँदैछन्। सो दिन सरकारले सार्वजनिक विदा दिएको छ। यस अघिदेखी नै रामनवमीका दिन सरकारले सार्वजनिक विदा दिँदै आएको छ।
उनी निकट स्रोतका अनुसार बालेन आफैं पनि चिना र साइत हेर्ने गर्दछन्। त्यसमा पनि उनी एकजना तान्त्रिकलाई हेराएरमात्र यस्ता निर्णय गर्ने गर्दछन्। ती तान्त्रिकको सल्लाह अनुसार नै बालेनले प्रधानमन्त्रीको सपथ लिने तयारी गरेका हुन्।
यसअघिका प्रचलनमा भने सार्वजनिक विदाका दिन कुनै पनि राष्ट्रपतिले प्रधानमन्त्रीलाई सपथ गराएका छैनन्। विदाको दिन राष्ट्रपति कार्यालयले काम गर्छ कि गर्दैन, बालेनको सपथका लागि राष्ट्रपति कार्यालय खुल्छ कि खुल्दैन भन्ने विषयमा राष्ट्रपति कार्यालयले केही बताउन नचाहेको एक स्रोतले बताएको छ।
बालेन आफैं र तान्त्रिकको सल्लाहमा रामनवमीको दिन सथप लिने जुराएकाले पनि राष्ट्रपति रामचन्द्र पौडेलले सो दिन सपथ गराउन सक्ने जनाइएको छ।
स्रोतका अनुसार ती तान्त्रिककै सल्लाहमा बालेनले संधै जसो कालो कपडा लगाउने गरेका हुन्।
नेपाली जनताले चिनेदेखी बालेनले कालो टोपी, कालो चश्मादेखि कालै कपडा लगाउने गरेका उनले यस पटक देशको प्रधानमन्त्रीको सपथ लिँदा कस्तो रङको कपडा लगाउँछन् त्थो भने हेर्न बाँकी छ।








प्रतिक्रिया दिनुहोस