आज: २०८२ चैत्र ९, सोमबार | Mon, 23, Mar, 2026

विद्यालयमै पुस्तक र पोसाक किन्न बाध्य पार्दै,नयाँ शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना

२०८२ चैत्र ९, सोमबार मा प्रकाशित ( ३ घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता
धादिङ -९ चैत ।

नयाँ शैक्षिक सत्र नजिकिदै गरेको अवस्थामा सामुदायिक तथा निजी विद्यालयमा धमाधम वार्षिक परीक्षा सञ्चालन भइरहेको छ।

विशेषगरी नेपालका निजी विद्यालयहरुले नयाँ शैक्षिक सुरु  विद्यालयहरूले नयाँ भर्ना पनि चलाइरहेका छन्। देशको राजधानी तथा विभिन्न जिल्लामा संन्चालित निजी विद्यालयहरुले २०८३ को नयाँ भर्ना खुला भइसकेको सूचना आफ्ना सामाजिक संन्जालका पेजमा राखेका छन्।

यता निजी विद्यालयमा बच्चा पढाउने अभिभावकहरूले यसलाई रोक्न माग गरेका छन्। नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘सामुदायिक र निजी विद्यालयमा फरक फरक मितिमा भर्ना हुने खालको अवस्था अन्त्य अझै हुन सकेन । यसको एकरूपताका लागि केन्द्र र स्थानीय सरकारको प्रभावकारी नीति र अनुगमन आवश्यक छ।’

निजी स्कुलले आफूखुसी चर्को शुल्क लिएर सबै अभिभावकलाई मारमा पार्ने गरेको अभिभावक र छाता संघहरुले यसअघि पनि गुनासा गर्दै आएका छन् । तरपनि । ‘विद्यालयले आफूखुसी शुल्क बढाउँछन्, यसलाई केन्द्र र स्थानीय सरकारले अनुगमन गरेर कारबाही गर्नु पर्ने उनीहरुको माग छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विद्यालय तहको सञ्चालन र व्यवस्थापन स्थानीय तहको अधिकार क्षेत्र रहेको कारण स्थानीय तहको नियम पालनाका लागि कुनै जटिलता आएमा केन्द्र सरकारले चासो राख्ने भन्दै पन्छिन खोजेका छन् ।

प्रवक्ता सापकोटाका अनुसार शुल्क निर्धारण,विद्यालय अनुगमन स्थानीय तहले गर्ने हो भने, ‘विद्यालय तहको सञ्चालन र व्यवस्थापन स्थानीय तहको अधिकार क्षेत्र पर्छ, स्थानीय तहले नै यी सबै कुरा हो, केही ऐन, नियमपालनाका लागि कुनै जटिलता आएमा केन्द्र सरकारले यसको समस्या समाधान गर्छ।’

तर वर्षेनी निजी विद्यालयले भने व्यवशायीकहरुसंग पाउने कमिसन समेतको फाइदा लिएर आ आफुना विद्यालयमा पोसाक र पुस्तक लान्छन् आफ्नै विद्यालयमै पुस्तक,कापी र पोसाक लगायतका सामान किन्न बाध्य बनाइँदै आएका छन् । जसको मार अभिभावकलाई पर्ने गरेको पाईन्छ ।

अझै निजी विद्यालयले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै नयाँ भर्ना अभियान चलाएको, पुस्तक र पोसाक किन्न बाध्य बनाएको गुनासो काठमाडौं, धादिङ,नुवाकोट,गोरखा लगायत देशका अधिकाँश जिल्लाहरुमा आउने गरेको छ।

तर शिक्षा ऐन ‘नियमले वार्षिक परीक्षा र परीक्षाफल प्रकाशन नगरी भर्ना लिन भन्दैन, परीक्षा र परीक्षाफल प्रकाशन चैतभरि हुन्छ, त्यसपछि भर्ना प्रक्रिया शुरु हुन्छ।’ मुलुकका जुनसुकै नगर तथा गाउँपालिका होस् शिक्षा विभागले शैक्षिक सत्र २०८३ सुरु भएपश्चात् मात्र विद्यालयमा विद्यार्थी भर्ना गर्ने,गराउने,सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक मात्र लागू गर्न निर्देशन दिएको छ।

पाठ्यक्रम विकास केन्द्रको स्वीकृतिविना थप पाठ्यपुस्तक तथा पाठ्यसामग्री प्रयोग नगर्ने, राष्ट्रियताप्रति आँच आउने पाठ्यसामग्री भएको पाठ्य पुस्तक विद्यालयमा अध्यापन नगराउने निर्देशन दिएको छ।

यसै सन्धर्वमा काठमाडौं महानगरपालिकाले कुनै पनि विद्यालयले विद्यालयबाट पाठ्यपुस्तक खरिद गर्न विद्यार्थीलाई बाध्य नबनाउने, विद्यालयले विद्यार्थीका लागि एकै किसिमको, कम खर्चिलो, साधारण, राष्ट्रियता झल्काउने वा हावापानी सुहाँउदो पोसाक तोकी लागू गर्ने निर्देशन दिएको छ।

‘यस्तै महानगरले कानुनी प्रावधान उल्लंघन भए कारबाही गर्छौ’भनेर चेतावनी पनि दिएको छ । तर यस विषयमा काठमाडौं महानगरपालिका बाहेक देशका अन्य कुनै पनि स्थानीय तहले हालसम्म यो कुरामा चासो देखाएको पाइएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस