आज: २०८२ चैत्र १०, मंगलबार | Tue, 24, Mar, 2026

जनस्वास्थ्यमा चुनौती बन्दै क्षयरोग, नेपालमा बर्सेनी ४३ जनाको मृत्यु

२०८२ चैत्र १०, मंगलबार मा प्रकाशित ( ३ घण्टा अघि) ८३८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१० चैत ।

आज विश्व क्षयरोग दिवस विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाईँदै छ । पहिल्लो समयमा नेपालमा क्षयरोगका विरामी केही बढेको पाईन्छ । जसका कारण हाल नेपालमा दैनिक ४३ जना नेपालीको क्षयरोगको सक्रमणबाट मृत्यु हुने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

यस हिसाबले वार्षिक रुपमा १६ हजार नेपालीको क्षयरोगकै कारण मृत्यु हुने गरेको छ। क्षयरोग अर्थात(टिबी) लागेर नेपालमा पछिल्लो समयमा पनि दैनिक ४३ जना नेपालीको मृत्यु मृत्यु हुने गरेको कतै यस रोगले भविश्यमा भयावह रुप लिने होकी भन्ने देखिएको छ।

त्यसै कारणले यस रोगको लक्षण देखिएमा समयमा नै पत्ता लगाएर उपचार गर्न चिकित्सकको निगरानीमा बसेर औषधी सेवन गरे पूर्णरूपमा निको हुने रोग हो यो । तर समुदायमा अझै पनि सचेतना नहुंदा जनस्वास्थ्यको चुनौती बनेको छ।

जनस्वास्थ्य विद्का अनुसार युवा उमेर समूहका नेपालीहरु क्षयरोगको जोखिममा पर्ने गरेको बताउँछन् । युवाहरुमा देखिनेमा सबैभन्दा धेरै १५ देखि ४९ वर्ष उमेर समूहका युवा रहेका छन्। सम्मेलन केन्द्रका निर्देशक भुवन पौडेलका अनुसार, ‘वार्षिक रूपमा भेटिने कुल संक्रमितहरु मध्ये ५० प्रतिशत सक्रमितहरु युवा उमेर २० देखि ४९ बिचका बिरामी रहेको बताउनु हुन्छ।’

चालु आर्थिक वर्ष २०८१।८२ मा राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमले ३९ हजार १५१ हजारभन्दा बढी बिरामीको पहिचान भई उपचार गरिएको छ बताइएको छ ।
ती मध्ये ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष तथा ५.५ प्रतिशत बालबालिका रहेका छन्।

केन्द्रका वरिष्ठ छातीरोग विशेषज्ञ डा.नवीनप्रकाश साहका अनुसार संक्रमितहरु मध्ये सबैभन्दा धेरैलाई फोक्सोमा क्षयरोगको सक्रमण देखिने गरेको छ। २५ प्रतिशत क्षयरोग फोक्सो भन्दा बाहेकका शरीरका अन्य अंगहरूमा देखिएको बताउनु हुन्छ।

क्षयरोगका मुख्य लक्षणहरु

२ हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु,
खकारमा रगत देखिनु,
हल्का ज्वरो आउनु,
राति धेरै पसिना आउनु,
मुख सुक्नु,
थकान र कमजोरी महशुस हुनु,
खान मन नलाग्नु,
तौल कम हुँदै जानु

रोकथामका उपायहरु
सुर्तीजन्य पदार्थ सेवन नगर्ने,
मानसिक तनाव कम गर्ने,
सन्तुलित आहार सेवन गर्ने,
मदिरा वा लागूपदार्थ सेवन नगर्ने,
व्यायाम गर्ने,
क्षयरोग संक्रमितबाट टाढै बस्ने,
२ हप्ताभन्दा बढी खोकी र ज्वरो आए वा अन्य लक्षण देखिए परीक्षण गराउने,
शिशु जन्मनेबित्तिकै बीसीजी। खोप लगाउने।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस