
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१२ चैत ।
गत भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगको प्रतिवेदन बुधबार मिडियामा छरपष्ट भएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको पनि लामो समय भैसक्दापनि सरकारले सार्वजनिक नगरी लुकाएरै राखेको अवस्था थियो ।
तर बुधबार एक्कासी जनआस्था पत्रिकलगायतका मिडियामा छरपष्ट भएपछी सरकार दंग परेको छ । सरकारले उक्त प्रतिवेदन नागरिक सामु ल्याउनु अघिनै सार्वजनिक भएपछी आज वाध्य भएरप्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज (प्रतिवेदन) हरु सार्वजनिक गर्न लाग्नु भएको हो ।
गत
सरकारको तर्फबाट बिहिबार सार्वजनिक गर्न लागिएको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरिएको हो।
प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गर्नु भएको स्रोतले बताएको छ । तर उक्त प्रतिवेदनको सम्पुर्ण भाव र सरकारले गर्नुपर्ने न्याय दिलाउने जिम्मेवारीसहित मिडियाम सार्वजनिक भइसकेको अवस्था छ।
यससंगै चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ कार्यान्वयनको प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।
यस मार्गचित्रलाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आजै सार्वजनिक गर्ने तयारी रहेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।








प्रतिक्रिया दिनुहोस