आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

प्रधानमन्त्री बालेनसहित नवनिर्वाचित मन्त्रीहरूले शपथ ग्रहण लिए

२०८२ चैत्र १३, शुक्रबार मा प्रकाशित ( ३ घण्टा अघि) १४२७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ- १३ चैत।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा वहुमत ल्याएर एकल रुपमा सरकार गठन गरेको रास्वपाबाट नवनिर्वाचित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । सुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहकाबीच नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउनु भएको हो।

प्रधानमन्त्री बालेन्द्र शाह आफैले रक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लिएका छन् । त्यसैगरी डा.स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायातमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री, खडक पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पदमा नियुक्ति भई शपथ लिएका हुन्।

त्यसैगरी डा. विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री, सोविता गौतम कानून, न्याय तथा संसदीय मामिलामन्त्री, प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, गीता चौधरी कृषि तथा पशुपंक्षी विकासमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री, दीपककुमार साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र सीता वादी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको पदभार ग्रहणपछी शपथ लिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस