आज: २०८२ चैत्र १४, शनिबार | Sat, 28, Mar, 2026

पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परे

२०८२ चैत्र १४, शनिबार मा प्रकाशित ( ४ घण्टा अघि) १९८५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौं -१४ चैत।

नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

लेखकलाई शनिबार विहनै सूर्यविनायकस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । भदौ २३ र २४ मा भएको जेन जी आन्दोलनको सम्वन्धमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार गरेको प्रतिवेदनको आधारमा उनलाई पक्राउ गरिएको हो ।

मुलुकमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा बनेको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद्‌को बैठकले कार्की आयोगको प्रतिवेदनलाई तत्काल कार्यन्वयन गर्ने निर्णय गरेको थियो । आयोगको सिफारिस अनुसार आज (शनिबार) बिहानै ५ बजे भक्तपुरस्थित लेखकको घरबाटै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

त्यसकै केही केही बेरपछी तत्कालिन प्रधानमन्त्री एवं् नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली पनि पक्राउ परेको बताइएको छ । आयोगको प्रतिवेदनमा मुलुकी फौजदारी संहिताको दफा नं.१८१ र दफा १८२ बमोजिम उहाँहरुलाई कारबाही गर्न दिएको सिफारिस अनुसार वली र लेखकलाई पक्राउ गरिएको हो ।

पूर्वगृहमन्त्री लेखक र तत्कालिन प्रधानमन्त्री वलीलाई पक्राउ गरी उक्त दफा लापरबाहीपूर्ण र हेलचेर्क्याइँ गरेर ज्यान लिएको भन्ने कसुरमा कारबाही हुने उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस