
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ १४ चैत।
पश्चिम नवलपरासीको दाउन्नेमा सवारी दुर्घटना हुुदा ३ जनाको मृत्यु भएको छ । साथै सोही दुर्घटनामा परी अन्य १६ जना घाईते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा ३ नै जना पुरूष रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रनाउ बीरदत्त पन्तले जानकारी दिनु भयो।
गएराती ट्रक,बस र पिकअप भ्यानसहितका तिन सवारीहरु ठोक्किएर बस र ट्रक सडकबाट खसी दूर्घटनामा परेको हो । सूचना अधिकारी प्रनाउ पन्तका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेका ना ७ ख ९३९८ नम्बरको ट्रक,लु २ ख २५२१ नम्बरको बस र ना ५ ख २२७५ नम्बरको पिकअप भ्यान एक आपसमा ठोक्किएको थियो ।
त्यसपछी बस र ट्रक सडकबाट झण्डै २ सय किलो मिटर तल खसेको प्रहरीले जनाएको छ । दूर्घटनामा परि बसमा सवार १५ जना र रेस्क्युका क्रममा १ प्रहरी पनि घाईते भएका हुन् ।
घाईतेहरूको स्थानीय चिसापानी अस्पताल र कहीको बुटबल अस्पतालमा उपचार भई रहेको बताइएको छ ।मृतक मध्ये १ रोल्पा बाघमाराका अ. २५ वर्षका गोविन बुढा रहेको र अन्य २ जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
मृतकका शवलाई जिल्ला सदरमुकाम परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ ।








प्रतिक्रिया दिनुहोस