
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१६ चैत ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्यालय तहका विभिन्न तयारी कक्षा र उच्च शिक्षाका लागी भन्दै भर्ना प्रक्रिया प्रारम्भ हुनु अघि नै ब्रिज कोर्षका नाममा भइरहेका गतिविधिहरु रोक्न निर्देशन दिएको हो ।
यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझ थपिने भन्दै यस निर्णय गर्नु परेको सूचना मार्फत जनाएको छ ।
सूचनामा भनिएको छ, ूविद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी ९भ्लतचबलअभ एचभउबचबतष्यल० कक्षा एवम् ब्रिज कोर्सका नाममा विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका त्यस्ता कार्यक्रमहरू आगामी २०८३ साल वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्न यस मन्त्रालयको माननीय मन्त्रीस्तरबाट निर्णय भएकोले सोही अनुसार गर्न गराउन भनिएको छ।
साथै मन्त्रालयले यस्ता कार्यक्रमहरू सञ्चालन भए नभएको अनुगमन गरी सञ्चालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरेको छ । 








प्रतिक्रिया दिनुहोस