
बिबियु, नारी वाटिका संवाददाता
धादिङ – १७ चैत ।
नव गठित बालेन सरकारले हालको संविधान संशोधन गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को शोमबार बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र जनतासामु पुरा गर्न संविधान संशोधन गर्न आवश्यक रहेको र सो सम्वन्धमा बहस पत्र तयार गर्न कार्यदललाई जिम्मेवारी दिन लागिएको हो।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले संविधान संशोधनका लागि सबै दलको सहमति आवश्यक हुने बताएका छन्।
प्रतिनिधि सभाका पूर्व सांसदसमेत रहेका शाहको नेतृत्वमा बनाउन लागिएको नयाँ कार्यदलमा संसदमा प्रतिनिधित्व गरेका सबै दलका प्रतिनिधि रहने व्यवस्था गर्न लागिएको हो ।












प्रतिक्रिया दिनुहोस