
नारी बाटिका
बिबिय,नारी वाटिका संवाददाता
धादिङ – १९ चैत ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले सरकारी सूचना केवल सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएकाले नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ।
बिहिबार महासंघले मन्त्रिपरिषद्को कार्यलयको यस्तो निर्णयप्रति ध्यानाकर्षण गर्दै आर्थिक संकट झेलिरहेका निजी सञ्चारमाध्यमलाई थप मार पर्ने र श्रमजीवी पत्रकारहरूको रोजगारी खोसिने जनाएको छ।
सरकारी तहबाटै गरिएको यस्तो निर्णयले प्रेस स्वतन्त्रतामा अंकुश लगाउने, सूचना एकाधिकार सिर्जना गर्ने र स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष असर पार्ने खतरा रहेको बताएको छ।
महांसंघले भनेको छ’,सरकारले गरेको यस्तो निर्णय संविधानको मर्मविपरीत रहेकोले यस निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। अन्यथा सञ्चार क्षेत्रसँग समन्वय गरी आन्दोलनमा उत्रिने चेतावनी पनि दिएको छ। 








प्रतिक्रिया दिनुहोस