
बिबियु,नारी वाटिका संवाददाता
धादिङ- २० चैत ।
बागमती प्रदेश सरकार,आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा डिजिटल पत्रकारितामा AI प्रयोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको संयोजन तथा जिल्ला शाखा धादिङको सहकार्यमा सुक्रबार सम्पन्न अभिमुखीकरण कार्यक्रममा धादिङ जिल्लामा क्रियाशिल विभिन्न सन्चारगृह्रमा कार्यरत संन्चारकर्मीको सहभागिता रहेको थियो । 
नेपाल पत्रकार महासंघको तालिमहल धादिङबेसीमा आयोजित कार्यक्रममा विशेषगरी पत्रकारितामा फोटो तथा भिडियोमा धेरै प्रयोग गर्न सकिने नयाँ डिजिटल प्रवृति आर्टिफिसियल इन्टेलिजेन्स(AI) प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो ।












प्रतिक्रिया दिनुहोस