
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२३ चैत ।
सरकारले निजी (संस्थागत) विद्यालयमा लिइँदै आएको भर्ना र अन्य शुल्क कानुनविपरीत भएको भन्दै फिर्ता गराउन निर्देशन दिएको छ । साथै, नयाँ शैक्षिकसत्र सुरु नभइ विद्यार्थी भर्ना नगर्न पनि निर्देशन दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानुन विपरीत लिइएको भर्ना शुल्क र संस्थागत विद्यालय शुल्क निर्धारण माापदण्ड निर्देशिका,२०७२ को निर्धारित बाहेक अन्य शुल्कलाई फिर्ता गराउन कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित सबै स्थानीय तहहरुलाई पत्राचार गरेको हो ।,
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आईतबार प्रेस विज्ञप्ति जारी गरी शैक्षिकसत्र प्रारम्भ(वैशाख)१५ गतेपछि मात्रै विद्यार्थी भर्ना गराउन तथा शुल्क मापदण्ड विपरीत शुल्क नलिन र गैह्रकानुनी रुपमा त्यसरी शुल्क लिइएको पाइएमा शुल्क फिर्ता नगर्ने विद्यालयलाई शिक्ष ऐन, २०२८ बमोजिम कारवाही गरिने समेत चेतावनी दिएको छ ।
सर्वोच्च अदालतले चैत २० गते गरेको आदेश अनुसार शिक्षा नियमामवली, २०५९ (संशोधनसहित)को नियम ५४ को ४ र नियम ७८ को ग को व्यवस्था तथा सोको उल्लङ्घन गरी शैक्षिकसत्र अगावै विद्यार्थी भर्ना गर्ने कार्यलाई पनि दण्डनीय हुनेछ भन्ने मन्त्रालयले जारी गरेको विज्ञप्ति मार्फत जनाएको छ ।








प्रतिक्रिया दिनुहोस