आज: २०८२ चैत्र २३, सोमबार | Mon, 06, Apr, 2026

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा बहस सकियो

२०८२ चैत्र २३, सोमबार मा प्रकाशित ( ४ घण्टा अघि) १४८९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौँ -२३ चैत ।

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृह्रमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको आज सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा बहस सकिएको हो ।

उहाँहरुको बहस सकिएसंगै आदेशको तयारी भइसकेको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। ओली र लेखकका तर्फबाट आइतवार कानुन व्यवसायीले बहस गरेका थिए ।

महान्यायाधिवक्ता कार्यालयका तर्फबाट शोमबार सरकारी वकिलले बहस गर्नु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस