
नारी बाटिका
निर्णय खारेज नगरिए आन्दोलनमा उत्रने चेतावनी
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२४ चैत ।
नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन–प्रसारण गर्ने निर्णयविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ । शोमवार महासंघको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनालाई भेटी सरकारले गरेको यो तत्काल खारेज गर्न माग गरेको हो।
सरकारको यस कदमले निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने र प्रेस स्वतन्त्रतामाथि अप्रत्यक्ष दबाब सिर्जना गर्ने अवस्था लिएको जनाएको छ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएका उत्त टोलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी परिपत्रप्रति गम्भीर आपत्ति जनाउँदै निर्णय खारेज नगरिए आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ।
महासंघका महासचिव रामप्रसाद दाहाल द्वारा हस्ताक्षरित ज्ञापनपत्र मन्त्री तिमिल्सिना मार्फत सरकारलाई पेश गर्दै निजी मिडियाको अस्तित्व, श्रमजीवी पत्रकारको रोजगारी तथा सूचनाको पहुँचमा असर पार्ने बताइएको छ । 








प्रतिक्रिया दिनुहोस