आज: २०८३ जेष्ठ १२, मंगलबार | Tue, 26, May, 2026

पक्राउ पुर्जी जारी भएपछि पुर्व प्रधानमन्त्री देउवाको भनाई यस्तो छ , पूरा पढ्नुहोस्

२०८२ चैत्र २६, बिहिबार मा प्रकाशित ( १ महिना अघि) २४८१ पटक पढिएको
नारी बाटिका


‘मेरो राजनितिक संघषसमेतको जिवन कहानीको हरेक पाना पल्टाउँदै अध्ययन गर्न सक्नु हुनेछ’,

बिबियु,नारी वाटिका संवाददाता
धादिङ २६ चैत ।

पूर्वप्रधानमन्त्री एव्ं नेपाली काँग्रेसका पुर्व सभापति शेरबहादुर देउवाले आफुनो परिवारसहित पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमार्फत मुख खोल्नु भएको छ।
उहाँले बुधबार आफ्नो सामाजिक संन्जाल फेसबुकमार्फत सम्पत्तिसम्बन्धी भ्रामक समाचार फैलाएको भन्दै आपत्ति पनि जनाउनु भएको हो।

उहाँले सामाजिक संन्जाल मार्फत स्टाटस लेखी भन्नु भएको छ ,’सम्पुर्ण नेपाली जन समुदायकाबिचमा आग्रह गर्न चाहान्छु,’मेरो जीवन खुला पुस्तक जस्तै रहेको हुंदा सबैले मलाई मेरो राजनितिक संघषसमेतको जिवन कहानीको हरेक पाना पल्टाउँदै अध्ययन गर्न सक्नु हुनेछ ‘,।

आदरणीय सम्पुण नेपाली दाजुभाई, दिदी बहिनी तथा साथीहरु,

म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ।

म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु।

नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु।

देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ।

मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ।

भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ।

नेपालमा राणा शासनको विरुद्धमा लडेर प्रजातन्त्र,सार्वभौमकता स्थापना गर्न नागरिकको हक,अधिकार सुनिस्चित गर्नका निमित्त म लगायत विपी कोक्षर््राला,कुष्ण प्रशाद भट्टराई,लगायतका धेरै साथीहरुको संघर्ष,त्याग,बलिदानीको कारण देशमा सान्ती सुव्यवस्था स्थापनाले आज हरेक नेपाली जनताले स्वतन्त्र रुपमा आफ्ना अभिव्यक्तीको स्वतन्त्रता लगायतका बिचार राख्न पाइएको छ ।

अहिले यति मात्र लेखेँ किनकी यतिबेला हामी स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु। वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ। अतिरञ्जना गरी सार्वजिनक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।

जय नेपाल।

शेरबहादुर देउवा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस