
नारी बाटिका
बिबियु-नारी वाटिका संवाददाता
धादिङ -५ वैशाख।
सर्वोच्च अदातलले कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिक मान्यता प्रदान गरेको छ।
सुक्रबार सर्वोच्च अदालतले काँग्रेस नेता पुर्णवहादुर खड्काको रिटलाई खारेज गरी वर्तमान सभापति गगनकुमार थापाको नेतृत्वमा भएको विशेषमाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिलाई मान्यता सहितको फैसला गरेको हो।
सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले रिट खारेज गरेको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनु भयो। काँग्रेसका पुर्व उपसभापति एवं् नेता पुर्णवहादुर खड्काले दायर गरेको रिटलाई खारेज गरी थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको छ।
तत्कालीन सभापति शेरबहादुर देउवा र कावा सभापति खड्काले थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय र विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै दुइ पक्षबिचमा वाद विवाद मात्रै नभयर सर्वोच्चमा रिटसमेत दायर गरेका थिए।
सर्वोच्चले गरेको यो फैसलासंगै अब गत वर्षको पुसमा सम्पन्न विशेष महाधिवेशनले चयन गरेको गगन थापाको सभापति पदले नै पुरा कानुनी मान्यता पाएको छ ।
त्यसविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको निवेदनमा निर्वाचन आयोगले थापा पक्षलाई नै आधिकारिकता दिएपछि देउवा पक्षधरका काँग्रेसले गत माघ ४ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।








प्रतिक्रिया दिनुहोस