आज: २०८३ बैशाख ८, मंगलबार | Tue, 21, Apr, 2026

धार्दिङ माइती भएकी २ महिनाकी सुत्केरी मन्जु नेपालीको रहस्यमय मृत्यु

२०८३ बैशाख ६, आईतबार मा प्रकाशित ( १ दिन अघि) १६१३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धार्दिङ ६ वैशाख।

धार्दिङ माइती भएकी २ महिनाकी सुत्केरी मन्जु नेपालीको रहस्यमय तरिकाले मृत्यु भएको छ ।

वर्ष ४० की निज मन्जु नेपाली र कमल नेपालीबिच केही वर्षअघि प्रेम विवाह भई हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ सुनौलोपथमा भाडामा बस्दै आएकी थिइन् । २ महिनाकी सुत्केरी मन्जुको गएराति आफ्नै भाडाको कोठामा रहस्यमय तरिकाले मृत अवस्थामा भेटिएकी हुन् ।

विगत केही वर्षदेखि भाडामा बस्दै आएका मन्जु नेपाली र श्रीमान् कमल नेपाली दुवै जना मजदुरी गर्ने गर्दथे । प्रहरीको प्रारम्भिक अनुसन्धन अनुसार शनिवार राती दुवै जनाले मदीरा पीयको र उनीहरुबिचमा सामान्य झगडा भएको स्थानीयले जानकारी दिएका थिए ।

आज विहान उनीहरू बस्ने कोठामा मन्जुलाई मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । दुई महिनाकी छोरीको साथमा रहेकी मन्जुको हत्यावाट या अन्य कुनै कारणले ज्यान गएको हो भन्ने कुरा पोष्टमाटम पछि मात्रै जानकारी हुने प्रहरीको भनाइ छ । प्रहरीले अहिले श्रीमान् र आफन्तहरुसंग बुझ्ने काम भइरहेको छ । धार्दिङ माईती भएकी मन्जुको थप विवरण आउन बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस