आज: २०८३ बैशाख ८, मंगलबार | Tue, 21, Apr, 2026

त्रिभुवन विमानस्थल दैनिक रुपमा राति ७ घण्टा बन्द हुँदै

२०८३ बैशाख ८, मंगलबार मा प्रकाशित ( ३ घण्टा अघि) ८६९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -८ वैशाख ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक रुपमा राति ७ घण्टा बन्द गरिने भएको छ।

विमानस्थलको स्तरन्नति तथा पूर्वाधार निर्माणको कामलाई सहजता बनाउन सोमबार रातिदेखि लागु हुने गरी आगामी जेठ ४ गतेसम्म हरेक राति पौने ११ बजेदेखि बिहान साढे ६ बजेसम्म उडान तथा अवतरण पूर्ण रूपमा रोकिने भएको हो ।

विमानस्थलका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ अन्तर्गत धावनमार्ग नजिकको ट्याक्सीवे निर्माण कार्य भइरहेको अवस्था छ। कामदार तथा यात्रु सुरक्षालाई ध्यानमा राखी रातिको समयमा विमानस्थल बन्द गर्ने निर्णय गरिएको विमानस्थल व्यवस्थापनले जनाएको छ ।

साथै निर्माण कार्य अवधीभर उडान प्रभावित हुन नदिन आवश्यकता अनुसार उडान तालिका समायोजन गर्न हवाई सेवा प्रदायकलाई आग्रह गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस