
नारी बाटिका
नारी वाटिका संवाददाता
रुकुमपश्चिम -१६ वैशाख।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जीप दुर्घटना हुंदा १२ जना घाईते भएका छन् ।
मंगलबार साँझ भएको जिप दुर्घटनामा परी १२ जना घाइते भएका हुन् । आठबिसकोट–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ग १ च ५२१३ नम्बरको जिप सोही पालिकाको वडा नं. ९ सुन्दरपानीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिप सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनापछि चालक सानीभेरि गाउँपालिका–४ का २६ वर्षीय नरेन्द्र विक फरार छन् । उनको खोजी भइरहेको छ ।
घाइते हुनेहरूमा सबै जसो आठबिसकोट नगरपालिकाका रहेका छन् । घाइतेमध्ये जसि, भूपेन्द्र र महेन्द्रको अवस्था गम्भीर रहेको प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस