
नारी बाटिका
बिबिय- नारी वाटिका संवाददाता
धादिङ -१९ वैशाख।
नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङद्वरा आयोजित प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न गरेको छ।
वैशाख १८ र १९ गते(दुई दिनसम्म) निलकण्ठ नगरपालिका धादिङवेशीमा सञ्चालन भएको सम्मेलनमा नेपाल र नेपाल बाहिरका विज्ञ,प्राध्यापक, अनुसन्धानकर्ता र शिक्षाविद्हरूको सहभागिता रहेको थियो।
सुक्रबार त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन प्रा.डा.बेदराज आचार्यद्वरा समुद्घाटन गरिएको उक्त सम्मेलनमा शैक्षिक क्षेत्रका विज्ञहरुले अनुसन्धानात्मक शोधपत्र प्रस्तुतीकरण गर्नु भएको थियो ।
“समुदाय सशक्तीकरणका लागि शैक्षिक रूपान्तरण, नवप्रवर्तनशील शिक्षण, अनुसन्धान तथा उद्यमशीलता” भन्ने नाराका साथ क्याम्पसले आयोजना गरिएको सम्मेलनमा सहभागी शिक्षाविद्हरुले उच्च शिक्षालाई समयानुकूल पुनःसंरचना गर्नुपर्ने, पाठ्यक्रम, शिक्षण विधि,मूल्यांकन प्रणाली र अनुसन्धानमा आधारित रहेर क्रियाकलापलाई परिवर्तन गर्न आवश्यक रहेको औंल्याईएको छ ।
समाज विकाससंग केन्द्रित तथा प्रतिफलमा आधारित अनुसन्धानलाई प्राथमिकता दिइ विज्र्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई पाठ्यक्रम तथा नीतिमा समेटेर शैक्षिक संस्था, समुदाय, बजार तथा विश्वविद्यालयबीच सहकार्य र समन्वय गरी विद्यालय,शैक्षिक संस्थाप्रति अभिभावक तथा समुदायको सकारात्मक धारणामा सम्वन्ध विस्तार गदै लानु पर्ने प्यानल डिस्कसनमा निष्कर्ष निकालिएको छ । 
आज सम्पन्न उक्त कार्यक्रमको समापन समारोहमा क्याम्समा अध्ययनरत विद्यार्थीहरुले विभिन्न जातजाती तथा तामाङ सेलोको सुन्दर नाच प्रदर्शन गरेका थिए । यस्तै कार्यक्रममा धादिङको चिल्डेन्पार्क बोडिङ स्कुलमा अध्ययनरत पञचकन्या तथा साना नानीहरुले उत्कृष्ट तथा मौलिकता बोकेको नाच प्रदर्शन गरेर कार्यक्रमलाई थप विशेष बनाएको हुन् ।
सम्मेलनमा जापान, अमेरिका, भारत, ग्रीस, अस्ट्रेलियालगायत सात देशका प्रोफेसरहरुको सहभागीता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस