आज: २०८३ बैशाख २२, मंगलबार | Tue, 05, May, 2026

अब एकल महिलाले विवाह गर्दा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

२०८३ बैशाख २२, मंगलबार मा प्रकाशित ( २ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


बिबियु-नारी वाटिका संवाददाता
धादिङ -२२ वैशाख।

अबदेखी एकल महिला (विधवा)ले दोस्रो विवाह गरेमा आफुले भोगचलन गर्दै आएको पूर्वपतिको सम्पत्ति फिर्ता गर्न नपर्ने भएको छ ।

शोमबार सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदीको संवैधानिक इजलासले मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २१४(२) मा भएको व्यवस्था खारेज गरिएको हो ।

यसअघि पतिको मृत्युपछी “‘विधवाले अर्को विवाह गरी गएमा निजले अंश बापत पाएको सम्पत्ति अघिल्लो पतितर्फका छोराछोरी भएमा छोराछोरीले र नभएमा निज आफैँले लिन पाउने छ”, भन्ने कानुनी व्यवस्था थियो ।

वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले महिला कानुन र विकास मञ्च तथा उनले आफ्नो तर्फबाट नेपालको संविधानमा भएको समानताको हक प्रतिकूल भएको दावीका साथ दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले सुनुवाइ गर्दै उक्त व्यवस्था खारेज गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस