आज: २०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

हिजो आज फेरी बैङ्क खाताबाट रकम चोरी हुने घटना बड्न थाल्यो

२०८३ बैशाख २३, बुधबार मा प्रकाशित ( २ घण्टा अघि) १३०३ पटक पढिएको
नारी बाटिका


बिबियु-नारी वाटिका संवाददाता
धादिङ -२३ वैशाख ।

‘सतर्क हुनोस् है’ ।’ हिजो आज फेरी बैङ्क खाताबाट रकम चोरी हुने घटना बड्न थालेको छ । पछिल्लो समयमा फेरी बैक खाताबाट रकम चोरीको घटना बड्दै गएकोले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(CIB)ले सर्व साधारणलाई उच्च सतर्कता अपनाउन सुझाएको छ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरिले म.गलबार जारी गरेको प्रेस विज्ञप्तिमा अज्ञात तथा आपराधिक गिरोहहरूले मोबाइल प्रयोगकर्ताहरूलाई लक्षित गरी ठगी गर्ने नयाँ तरिका अपनाइरहेको उल्लेख गरिएको छ।

पछिल्लो समयमा भएको प्रविधिको बिकास संगै गिरोहरूले ‘कनेक्ट आइपिएस’ जस्ता सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरहरूबाट सन्देश पठाउने गरेको पाइएको प्रहरी ब्युरोले जनाएको छ।

यसरी मोवाइलमा आउने सन्देशमा ‘तपाईंको खाता लक गरिएको छ’ भन्दै पुनः पहुँच प्राप्त गर्न ‘एक्सेस रिजन’ गर्न आग्रह गरिन्छ र त्यसका लागि विभिन्न शङ्कास्पद लिङ्कहरू पठाएका हुन्छन्।

साथै मोवाइल कर्ताले तेस लिङ्कमा क्लिक गर्ने वित्तिकै व्यक्तिगत विवरण लिई बैङ्क खाताबाट अनधिकृत रुपमा ठूलो मात्रामा रकम चोरी गर्ने गरिएको साइबर ब्यूरोले जनाएको छ। साथै ब्यूरोले यस्ता साइबर ठगीबाट जोगिन महत्त्वपूर्ण सुझावहरू पनि दिएको हो।

ब्युरोका अनुसार यसरी आएका शङ्कास्पद लिङ्कमा क्लिक नगर्ने, बैङ्किङ कारोबारका लागि सधैँ आधिकारिक ‘वेबसाइट’ वा ‘एप’ मात्र प्रयोग गर्ने, आफ्ना गोप्य बैङ्किङ विवरण कसैसँग पनि साझा नगर्ने, तथा कुनै शंका लागेमा तत्काल प्रहरी, साइबर ब्यूरो वा सम्बन्धित बैङ्कमा जानकारी गराउन विज्ञप्तिमार्फत सुझाएको छ।

दिन प्रतिदिन बढ्दै गइरहेको साइबर अपराधको जोखिम बारे सचेतना र सावधानी नै सुरक्षित रहने प्रमुख उपाय भएको ब्यूरोले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस