आज: २०८३ बैशाख २४, बिहिबार | Thu, 07, May, 2026

आज यी चार प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना

२०८३ बैशाख २४, बिहिबार मा प्रकाशित ( २ घण्टा अघि) १५२० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी बाटिका संवाददाता
धादिङ -२४ वैशाख ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा कोशी प्रदेशको हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल देखिएको छ।

आज दिउँसो हिमाली र पहाडी भूभागहरुमा साधरणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ ,

साथै तराई भूभागका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुनेछ। साथै आज राति कोशी प्रदेशलगायत देशका हिमाली क्षेत्रमा साधरणतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बादल देखिने छ।

यस्तै कोशी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा मधेस र बाँकी प्रदेशका पहाडी र हिमाली भेगका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस