
नारी बाटिका संवाददाता
जुम्ला -२४ वैशाख ।
जुम्ला को पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा बलात्कार जस्तो कसुरमा पक्राउ परेका छन्। वडाध्यक्ष बुढाविरुद्ध एक २६ वर्षीया युवतीले जबरजस्ती करणी गरेको आरोपमा जाहेरी दिएकी हुन् ।
बुधबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको जुम्ला जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार पीडित पक्षको जाहेरीपछि वडाध्यक्ष बुढालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।
यद्यपि घटनाको विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। घटनाको सत्यतथ्य पत्ता लगाउन बयान तथा प्रमाणहरु संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस