
नारी बाटिका




बिबियु-नारी वाटिका संवादाता
धादिङ -२८ वैशाख ।
नारी विकास सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुका लागी सहकारी शिक्षा तथा वित्तिय साक्षात्तर कार्यक्रम यही वैशाख २७ गतेदेखी संन्चालन गरेको छ । सहकारीले आफ्ना शेयर सदस्य महिलाहरूलाई आर्थिक र सामाजिक रूपमा सबल बनाउने उद्देश्यले उक्त्त कार्यक्रमको आयोजना गरिएको हो ।
विशेषगरी सहकारीले नियमित रुपमा सहकारीमा बचत तथा ऋणको राम्रो कारोबार गर्दै आएका सदस्यको वर्गिकरण गरी (क) वर्गमा परेका नियमित बचत र नियमित ऋण कारोबार तर्फका सदस्यहरुलाई कार्यक्रममा सहभागी गराईने भएको हो ।
यस चालु आर्थिक वर्षदेखी (क) वर्गका शेयर सदस्यलाई कार्यक्रममा सहभागी गराई यही मिति २०८३ वेशाख २७,वैशाख २०८३ जेठ ३ गते बालबालिका अतिरित्त कार्यक्रम तथा जेठ १० गते आइतबारका दिन फजुल खर्च नगर्न अभिवाक र किश्वर किश्वरी बालबालिकालाई सहभागी गराई अभिमुखीकरण कार्यक्रमको आयोजना गरिने भएको छ ।
सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा यस्ता कार्यक्रमहरू विशेष गरी ग्रामीण तथा विपन्न वर्गका महिलाहरूलाई संगठित गरी बचत गर्ने बानीको विकास गर्न सिकाउँदछ भने थाहै नपाईकन खर्च भएर जाने साना तिना फजुल खर्चलाई पनि नियन्त्रण गर्न मद्धत गर्दछ । यसका साथै उनीहरूको नेतृत्व क्षमता बढाउन केन्द्रित हुन्छन्।
कार्यक्रमका मुख्य विशेषताहरू :
कार्यक्रमका मुख्य विशेषताहरूमा,सदस्य शिक्षा शिविर,शेयर सदस्यहरूलाई सहकारीको सिद्धान्त, मूल्य, मान्यता, र सदस्यको अधिकार संगसंगै आफ्नो कर्तव्यबारे पनि जानकारी गराउँदछ । वित्तीय साक्षरता आम्दानी र खर्चको व्यवस्थापन, बचतको महत्त्व, ऋण सदुपयोग, र लघु उद्यम प्रवर्द्धन सम्बन्धी व्यावहारिक तालिम दिइन्छ।
नेतृत्व विकास, महिलाहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउन र नेतृत्वदायी भूमिका खेल्न सक्षम बनाउने तालिमहरू आयोजना गरिन्छ।सामाजिक सशक्तीकरण, हिंसा विरुद्धको सचेतना, स्वास्थ्य, र सरसफाइ जस्ता विषयहरू पनि विभिन्न समयमा हुने कार्यक्रममा समेटिने गरिन्छ।
साथै (क) वर्गमा परेका शेयर सदस्यहरुलाई बचत तथा ऋणको नियम अनुसार कारोबार गर्नेहरुका लागी सहकारीले गरेको नाफाबाट संकलित संम्रक्षित पुँजीकोष मार्फत सदस्यलाई प्रोतसाहन मुलक कार्यक्रम अन्तर्रगत ठुला र अशल ऋण(कर्जा लिएका सदस्यलाई ६० र ठुला बचत कर्तालाई ४० का दर रकम वितरण गरिने कार्यक्रमको थालनी गएिको हो ।
नियमितता : यस नारी विकास सहकारी संस्था नारी जागरण केन्द्र अन्तर्रगतको धादिङ जिल्लास्थित विभिन्न पालिकामा गठन भएका प्रत्येक वर्षको माघ वा फागुन महिनामा आफ्ना विभिन्न सेवा प्रभाह गर्ने क्रममा सदस्यहरुलाई अन्तर जिल्ला सहकारी सिकाई भ्रमण,जेष्ठ नागरिक तिर्थ तथा विभिनन मठ मन्दिरको भ्रमण गराई देवी देवताका दर्शन र पुजा आरधना गराई धार्मिक कार्यमा सहभागी गराउने गरिन्छ ।
यस्ता कार्यक्रमहरू सञ्चालन गर्नुको मुख्य उद्देश्य र उपलब्धि :
यो कार्यक्रमको मुख्य लक्ष्य महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु र ससानो बचतबाट पनि ठूलो पूँजी निर्माण गरी आफु आवद्ध सहकारी नियन अनुसार पाररदशी र सदस्य मैत्री हुदा शेयर सदस्यले विशेष गरी महिलाहरुका लागी आफुलाई घर तथा परिवार चलाउनका लागी आफ्नो खुशी र सीप अनुसारको व्यवशाय संन्चालन गर्न धितो तथा विना धितो जवानीमा जुन बेला आवश्यक पर्छ सहजै रुपमा ऋण(कर्जा )लिएर काम गर्न सकिन्छ भन्ने विश्वास जगाउनु हो।
यस्ता कार्यक्रमले महिलाहरूलाई बैंकिङ कारोबारमा साक्षर र आत्मा निर्भर बनाउँने भएकाले यस्ता कार्यक्रमको थालनी गरिएको आयोजक संस्थाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस