आज: २०८३ बैशाख ३१, बिहिबार | Thu, 14, May, 2026

काठमाडौंमा बिहानैदेखि वर्षा, आज देशका विभिन्न स्थानमा वर्षा हुने

२०८३ बैशाख ३१, बिहिबार मा प्रकाशित ( २ घण्टा अघि) ८३८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी बाटिका संवाददाता
धादिङ -३१ वैशाख ।

हाल देशभर पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ ।

जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत हिमाली तथा पहाडी भेगमा साधारणतया बदली छ । साथै बाँकी भुभागमा आंशिक बदली रहनेछ भने कोशी र बागमती प्रदेशका केही तथा लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायतका हिमाली तथा पहाडी भुभागमा साधारणतया बदली रही बाँकी भुभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशका एक दई स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भुभागका केही स्थान तथा बाँकी हिमाली र पहाडी भुभागका थोरै स्थानलगायत मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ।

यस्तै आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायका हिमाली क्षेत्रमा साधारणतया बदली रहने तथा बाँकी स्थानमा आंशिक बदली रहने छ। कोशी र मधेस प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भुभाग तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भमवना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस