आज: २०८३ बैशाख ३१, बिहिबार | Thu, 14, May, 2026

नुवाकोटमा भएको दाजुभाइ हत्या प्रकरण ६ जना पक्राउ परे

२०८३ बैशाख ३१, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


बिबियु- नारी वाटिका संवाददाता
धादिङ -३१ वैशाख ।

नुवाकोटको म्यागङ किम्ताङमा दुई दाजुभाइको एकै पटक हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

हत्या हुनेमा नुवाकोट किम्ताङ गाउँपालिका–४ घर भएका ४३ वर्षीय सोमनाथ तामाङ र उनका ३६ वर्षीय भाई सूर्यमान तामाङको हत्या गरी उनीहरुको शव खोलामा ढुंगाले थिचेर लुकाइएको अवस्थामा फेला परेको हो।

घटनास्थलबाट प्रहरीले खुकुरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । छ भने हत्यामा धारिलो हतियार प्रयोग भएको हुन सक्ने आशंका प्रहरीको छ।

आर्थिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि प्रहरीले पोस्टमार्टम रिपोर्टपछि मात्रै घटनाको वास्तविक कारण खुल्ने जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस