आज: २०८३ बैशाख ३१, बिहिबार | Thu, 14, May, 2026

धादिङ प्रहरीद्वारा लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने २ जना चालक पक्राउ

२०८३ बैशाख ३१, बिहिबार मा प्रकाशित ( २ घण्टा अघि) १३६५ पटक पढिएको
नारी बाटिका


बिबियु- नारी वाटिका संवाददाता
धादिङ -३१ वैशाख ।

जिल्ला प्रहरी कार्यलय धादिङले लागु पदार्थ सेवन गरी सवारी चलाउने चालकहरुमाथी कडाई गर्न थालेको छ । जस अनुसार धादिङबेशीबाट बाहिरने यात्रु बाहक सावजिनक सवारी साधनका चालकहलाई नियन्त्रणमा लिई कारवाही गर्न सुरु गरिएको हो ।

पक्राउ पर्नेहरुमा ना १ ज ९००५ नं.को म्याजिक गाडी र चालक नि.न.पा ३ घर भएका वर्ष २६ का दिपक रिजाल र बा. ०१.००२ ज ८८५९ नं.को ट्याक्सी चालक ललिपुर महालमी न.पा.४ बस्ने वर्ष ४३ का बिनेश थापा रहेका छन् ।

जिल्ला अस्पताल धादिङ ट्राफिक प्रहरी कायालय धादिङको सहयोगमा चालकहरुको स्वास्थ्य परिक्षण गर्दा सार्वजनिक तथा यात्रु वाहक सवारी साधन चलाउने चालकहरुले लागू पदार्थ सेवन गरी गाडी चलाएको पाईएपछी २ वटा सवारी चालकहरुलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रकाश दाहालले जानकारी दिनु भयो ।

चालकहरुले लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएकोले निजहलाई नियन्त्रणमा लिएर लागू औषध नियन्त्रण ऐन २०३३ बमोिजम गरी बुधबार जिल्ला अदालत धादिङमा पेश गरएको र ५ दिनको याद थप अनुमती लिइ आवश्यक अनुसधान काय अगाडी बढाइएको सुचना अधिकारी दाहालले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस