आज: २०८३ बैशाख ३१, बिहिबार | Thu, 14, May, 2026

नारी विकास सहकारी धादिङद्वारा दोस्रो सहकारी शिक्षा तथा बित्तिय साक्षात्तर कार्यक्रम

२०८३ बैशाख ३१, बिहिबार मा प्रकाशित ( २ घण्टा अघि) ११७९ पटक पढिएको
नारी बाटिका


बिबियु-नारी बाटिका संवाददाता
धादिङ -३१ वैशाख ।
सदस्यहरुका लागी प्रोत्साहन गरी आत्मनिर्भर बनाउन नारी विकास सहकारी संस्थाले सहकारी शिक्षा तथा बित्तिय साक्षात्तर कार्यक्रम सम्पन्न गरेको छ ।

धादिङको निलकण्ठ नगरपालिका ३ धादिङवेशी स्थितमा मुख्य कार्यालय रहेको नारी विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्ना पुराना र अशल ऋणको कारोबार गर्ने सेयर सदस्यहरुका लागी सहकारी शिक्षा तथा वित्तिय साक्षात्तर कार्यक्रम सम्पन्न गरेको हो ।

यही वैशाख २७ गतेदेखी संन्चालन भएको सदस्य शिक्षा कार्यक्रम तथा संस्थाकी अध्यक्ष भगवती उप्रेतीको सहजीकरणमा आज दोस्रो चरणमा ५१ जना महिला सदस्यको सहभागितामा सम्पन्न गरिएको थियो । सहकारीले आफ्ना शेयर सदस्य महिलाहरूलाई आर्थिक र सामाजिक रूपमा सबल बनाउने उद्देश्यले उक्त्त कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

सहकारी धादिङद्वारा पुराना बचतकर्ता र अशल ऋणी सदस्य कार्यक्रम अन्तर्रगत विशेषगरी सहकारी संस्थाले उत्कृष्ट र पारदर्शी रुपमा सहकारीको विधी र ऐन अनुसार संन्चालन भई नियमित रुपमा सहकारीमा बचत तथा ऋणको राम्रो कारोबार गर्दै आएका सदस्यको वर्गिकरण गरी (क) वर्गमा परेका १देखी १०० नं.का मार्सिक बचत सदस्य र १ देखी १५० नं.सम्मका ठुला ऋणी र अशल (नियम)अनुसार कारोबार गर्ने सदस्यहरुलाई तालिमसहित संस्थाको नाफाबाट सम्रक्षित पुँजीकोषमा रहेको रकम,शेयर लाभान्स रकम लगायतको रकम वितरण गरिएको हो ।

यस्तै कार्यक्रम आगमी जेठ ३,१० र विभिन्न मितिमा संस्थामा राम्रो कारोबार गर्ने सदस्य तथा महिलासमुहलाई सहभागी गराई कार्यक्रम सन्चालन गर्ने कार्य तालिका रहेको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस