आज: २०८३ जेष्ठ १, शुक्रबार | Fri, 15, May, 2026

चोभारमा गोली प्रहार गरेर हत्या आरोपीलाई पक्राउ

२०८३ जेष्ठ १, शुक्रबार मा प्रकाशित ( २ घण्टा अघि) ८०७ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता
काठमाडौं -१ जेठ ।
काठमाडौँको चोभारमा गोली प्रहार गरी हत्याका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि गुल्मीका विपिन घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्यामा संलग्न भएका मुख्य आरोपी सुजन शाही भाग्दै गरेको अवस्थामा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो ।

पक्राउ गर्ने क्रममा शाहीले प्रहरीमाथि नै आक्रमण गर्न गरेपछि उनीमाथी गोली हानेर समात्नु परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी बताउनु भयो ।

वैशाख २३ गते कीर्तिपुर नगरपालिका–१० पोडेटोल (ढोकासी टोल) गार्डनमा विपिन घिमिरेलाई धारिलो हतियार प्रहर गरी हत्या गरिएको थियो । उक्त घटनाका मुख्य अभियुक्त शाही घटनापश्चात् काठमाडौँका विभिन्न ठाउँमा लुकी बसेको भन्ने प्रहरीले सूचना पाएको थियो ।

सोही क्रममा कीर्तिपुर नगरपालिका–६ चोभारमा उनलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गरी भाग्न खोजेपछि गोली चलाएर शाहीलाई नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएक छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस