
नारी बाटिका
बिबियु-नारी बाटिका संवाददाता
धादिङ- १ जेठ ।
बिहिबार नुवाकोटमा भएको दाजु भाईको हत्या प्रकरण “पुरानो रिसिइबीका कारण यो घटना घटेको खुल्न आएको छ ।
नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइ मृत फेला परेको घटनाले सिंगो गाउँ शोकमा डुबेका छन्।
४३ वर्षीय दाजु समराज तामाङ र ३६ वर्षीय भाई सूर्यमान तामाङ घरबाट कुलो बनाउन भन्दै निस्किएका र त्यसपछी दुबै दाजु भाई सम्पर्क बिहिन अवस्थामा थिए।
सम्पर्क बिहिन भएका उनीहरु भोलिपल्ट दाजु भाईको शव खोलामा ढुंगाले छोपेर लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पुरानो रिसिइबीका कारण भरुवा बन्दुक प्रयोग गरी उनीहरुको हत्या गरिएको खुलेको हो।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ भने घटनास्थलबाट खुकुरी, तीन वटा भरुवा बन्दुक र मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
अहिले उक्त गाउँमा एकै परिवारका दुई दाजुभाइ हत्या प्रकरणपछि सिंगो गाउँ शोकमा डुबेको छ।








प्रतिक्रिया दिनुहोस