आज: २०८३ जेष्ठ २, शनिबार | Sat, 16, May, 2026

धादिङमा ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम,हतियारसहित ३ जना पक्राउ

२०८३ जेष्ठ २, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) १५६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी बाटिका संवाददाता
धादिङ २ जेठ ।
धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियारसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङको पृथ्वी राजमार्ग अन्तर्रगत बेनीघाट रोराङ गाउँपालिका–२, होवाङस्थितबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिमसहित प्रहरीले बरामद गरिएको हो।

प्रहरीले अफिमको साथमा अवैध भरुवा बन्दुक ३ थान बरामद गरेको छ भने यससंगै सोही स्थान घर भएका ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रकाश दाहालले जानकारी दिनु भयो।

फरार प्रतिवादी खोज तलासको क्रममा लागुऔषधको ठूलो कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गजुरी प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीको कमाण्डमा खटिएको टोलीले तामाङको घर र गोठमा छापा मारेको थियो।

प्रहरीका टोलिले खानतलासी गर्दै जाँदा तामाङको बाख्रा बाँध्ने गोठभित्र लुकाएको अवस्थामा ४ फिट ६ इञ्च लामो एक थान भरुवा बन्दुक र दुई थान डिजिटल तराजुसमेत फेला परेको थियो। यस्तै तामाङ सुत्ने कोठाको ओछ्यान नजिकै पाँच वटा प्लास्टिकका बाल्टीमा भरिएको अवस्थामा अफिम जस्तो देखिने कालो लेदो पदार्थ पनि बरामद गरेको हो।”

स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा प्रहरीले तौल गरी ५१ किलो ९८० ग्राम पुष्टि भएको सुचना अधिकारी दाहालले जानकारी दिनु भयो । पक्राउ परेका तामाङ यसअघि पनि लागुऔषध मुद्दामा संलग्न रही फरार रहँदै आएका प्रतिवादी हुन्।

बरामद लागुऔषध र हतियारसहित उनलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखी लागुऔषध र अवैध हातहतियार खरखजानासम्बन्धी मुद्दा दर्ता गरिएको छ भने उनीमाथी थप अनुसन्धान लागि जिल्ला अदालत धादिङबाट म्याद थप गरी हिरासतमा राखिएको छ।

यसैगरी धादिङ प्रहरीले होवाङ स्थित बाटै अन्य दुई थान भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २८ वर्षीय विराज तामाङ र सानोकान्छा तामाङलाई पक्राउ गरी थप कारबाही अघि बढाएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस