आज: २०८३ जेष्ठ २, शनिबार | Sat, 16, May, 2026

सुन्धारा कारागारबाट एक महिला कैदी फरार

२०८३ जेष्ठ २, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) १२५ पटक पढिएको
नारी बाटिका


बिबियु-नारी बाटिका संवाददाता
धादिङ -२ जेठ ।

काठमाडौंको सुन्धारामा रहेको केन्द्रीय कारागारबाट कम्पाउन्ड (पर्खाल) नाघेर एक महिला कैदी फरार भएकी छन्। कारागारको महिला ब्लकमा रहेकी २५ वर्षीया सपना तामाङ शुक्रबार बिहान करिब साढे १ बजे कारागारको कम्पाउन्ड (पर्खाल)नाघेर भागेकी हुन्।

तामाङ शरीर बन्धक र ज्यान मार्ने उद्योग सम्वन्धि मुद्दामा कैद सजाय भोगिरहेकी कैदीबन्दी भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रवीण धितालले बताएका छन् ।

फरार भएकी कैदी तामाङको प्रारम्भिक अनुसन्धानमा झ्यालबाट चढेर पर्खाल नाघेर फरार भएको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस